जेसिका चौधरी पल शाहको अंगालोमा [भिडियोसहित]

अभिनेता पल शाहको तेस्रो थारु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। तोहर प्यार मे बोलको गीतमा उनले थारु मोडेल जेसिका चौधरीसँग अभिनय गरेका छन्। पल शाहले यसअघि पहाडी बठिनिया र दिन गिन गिनकेमा अभिनय गरेका थिए। दुवै गीत युट्युबमा हिट छन्।

नरेश जोगी र अन्नु चौधरीको स्वर रहेको तोहर प्यार मे गीतको म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्। नवराज उप्रेतीको छायाँकन रहेको गीतलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

गीतमा नरेशकै शब्द संगीत रहेको छ भने गणेश चौधरीको अरेन्ज रहेको छ। लोकेन्द्र राज चौधरीको प्रस्तुती रहेको गीतको भिडियोलाई सेबिल इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो।

थारु गीत संगीतलाई थप उचाइ प्रदान गर्न हाल अमेरिकामा बस्दै आएका लोकेन्द्र राज चौधरीले सेबिल इन्टरटेन्मेन्ट स्थापना गरेका हुन्। उनले थारु समुदायका न्यु कर्मजलाई पहिलो प्राथमकिता दिएर भिडियो उत्पदान गरिरहेका छन्।

यसअघि विभिन्न थारु गीतमा लगानी गरिसकेका चौधरीले आफ्नै कम्पनीमार्फत् गीत संगीत उत्पादन गर्ने जनाएका छन्। उनले यसअघि निपुत्र नामक सर्ट फिल्म पनि निर्माण गरेका थिए।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *