अञ्जु कुश्मीको नयाँ गीत म्युजिक भिडियो सार्वजनिक

अञ्जु कुश्मीको नयाँ गीत सार्वजनिक भएको छ। मारो छैली डान्स बोलको गीतमा अञ्जु र टंक तिमिल्सिनाको स्वर रहेको छ। गीतमा उमेश मुस्कानको शब्द, टंकको संगीत र केशव बडुको अरेन्ज रहेको छ।
गीतको म्युजिक भिडियो टंकले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेका छन्।

भिडियोमा निर्देशक विक्रम चौहान र अञ्जु कुश्मीले अभिनय गरेका छन्। विक्रमकै निर्देशनमा बनेको भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने लक्ष्मण चौहानले सम्पादन गरेका छन्। उमेश मुस्कानले यसअघि पनि थारु नेपाली शब्द मिश्रित गीतहरु ल्याइसकेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *