सर्वाधिक भ्युज भएको थारु गीत ‘मन लागेना’

युट्युबमा सबैभन्दा धेरै भ्युज भएको गीत हो मन लागेना बिन तोहार। यो गीतलाई आरकेसी डिजिटलले उत्पादन गरेको हो। आरकेसीले गत अक्टुबर १३ मा गीतको म्युजिक भिडियो सार्वजनिक गरेको थियो।

८ महिनामा यो सबैभन्दा धेरै भ्युज पाउने थारु गीत बनेको छ। यो गीतलाई समाचार तयार पार्दासम्म ६६ लाख ८९ हजार बढीले हेरिसकेका छन्।

सुवेश कठरियाको शब्द र गणेश चौधरीको संगीत रहेको गीतमा आरके थारु र अन्नु चौधरीको स्वर रहेको छ। भिडियोलाई भने सुरज कुसुम्याले निर्देशन गरेका छन्। छायाँकन तथा सम्पादन भने रामु चौधरीले गरेका छन्।

तिनै भिडियोको मेकिङ भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *