सरकारले राज कुश्मी र अन्नु चौधरीको स्वरमा बनायो जनचेतनामूलक गीत

सर्पबाट सबैभन्दा प्रभावित तराईका बासिन्दा हुने गरेका छन्। मनसुनी याम होस् या गर्मी याम दुबै बेला तराईका बासिन्दा सर्पबाट प्रभावित हुने गरेका छन्।

सर्पबाट वर्षेनि कम्तीमा ३० जनाको ज्यान जाने गरेको सरकारको तथ्यांकमा उल्लेख छ। यसै सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले थारु भाषाको जनचेतनामूलक गीत तयार परेको छ।

झुम्रा लवजमा गाइएको गीतसँगै भिडियो पनि तयार पारिएको छ। थारु लोक गीतमा छुट्टै पहिचान बनाएका राज कुश्मी शब्दमा उनै राज र अन्नु चौधरीको स्वर रहेको छ। गीतमा भने गणेश चौधरीले संगीत दिएका छन्। प्रविण खड्काको निर्देशनमा भिडियो तयार पारिएको छ।

भिडियो हेर्नुस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *