‘प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीच के वार्ता भयो? सार्वजनिक गर’

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले प्रधानमन्त्री र भारतीय खुफिया एजेन्सी रअ प्रमुखबीच भएको भेटवार्ताको कुरा बाहिर ल्याउन माग गरेका छन्। उनले प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै सरकारले जनताका, किसानका समस्या समाधान नगरेको तर उल्टै भारतीय खुफिया एजेन्सी रअ प्रमुखसँग भेटवार्ता गरेको तर तथ्य बाहिर नल्याएको भन्दै आपत्ति जनाए।

उनले अझ संसद विघटन गर्ने, असंवैधानिक कदम चाल्ने र जनताको दबाबबीच सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिसक्दा पनि सरकारले संसदलाई कुनै विजनेश नदिनु दुःखद भएको बताए।

त्यस्तै नेकपा एमालेकी सांसद गंगा थारु सत्गौंवाले सरकारले धेरै राम्रा काम गरेपनि त्यसको प्रचार हुन नसकेको बताइन्। उनले सबै राम्रा काम छायाँमा पारेर हलो अड्काएर गोरु चुट्ने काम भएको स्पष्ट पारिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *