पल शाह र गरिमा शर्मा अभिनित थारु गीत युट्युबको नेपाल ट्रेन्डिङमा

पल शाह र गरिमा शर्मा अभिनित थारु गीत युट्युबको नेपाल ट्रेन्डिङमा आएको छ। एसकेथ्री इन्टरटेनमेन्टले सार्वजनिक गरेको दिन गिन गिन के भिडियो अपलोड भएको दुई दिनमा १९औं ट्रेन्डिङसम्म आएको छ।
अन्नु चौधरी र नरेश जोगीको स्वर रहेको गीतमा नरेशकै शब्द संगीत रहेको छ। गीतलाई गणेश चौधरीले अरेन्ज गरेका छन्। विक्रम चौहानले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका छन्। यसअघि नरेश जोगकै गीत पहाडी बठिनिया पनि नेपाल ट्रेन्डिङमा पुगेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *