अभिनेत्री सोनु थारु चलचित्र विकास बोर्डको छायाँकनस्थल अध्ययन समितिको सदस्यमा नियुक्त

चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको सम्भाव्यता अध्ययन समितिको सदस्यमा अभिनेत्री सोनु थारुलाई नियुक्त गरेको छ। बोर्डको भदौ २२ गते बसेको बैठकले अभिनेत्री सोनु थारुलाई सदस्यमा नियुक्त गरेको हो।

बोर्डले महेन्द्र प्रसाद साँखी सदस्य सचिव रहेको ७ सदस्यीय चलचित्र छायांकनस्थल निर्माणको सम्भाव्यता अध्ययन समिति गठन गरेको छ। जसमा सदस्यहरूमा प्रदीप कुमार उदय, मनोज श्रेष्ठ, केएल पीडित, सोनु थारु, बाबुराम पन्थी र दिनेश बानियाँ रहेका छन्।

समितिले लुम्बिनी प्रदेशमा संभाव्य चलचित्र छायांकन स्थलहरुको अध्ययन, अनुसन्धान र अवलोकन गरी उपयुुक्त स्थानको पहिचानसहित २०७७ पुसभित्र बोर्ड र लुम्बिनी प्रदेश सरकारको सम्बन्धित निकायलाई स्पस्ट खाकासहितको प्रतिवेदन बुझाउने कार्यक्षेत्र तोकिएको नवनियुक्त सदस्य पीडितले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *