तयारी अवस्थामा रहनुस्, आन्दोलनको विकल्प छैन : लक्ष्मण थारु [भिडियो]

टीकापुर घटनामा ४२ महिना जेल जीवन बिताएर कैलाली जिल्ला अदालतको फैसलापछि रिहाई भएका थरुहट  नेता लक्ष्मण थारुले थारुहरु हिंसात्मक गतिविधि गर्ने जत्था नभएको बताएका छन्। उनले थारुहरु त यो देशको सबैभन्दा असली राष्ट्रवादी भएको बताए। ‘थारुहरु आतंककारी होइनन्। थारुहरु हिंसात्मक गतिविधि गर्ने जत्था पनि होइनन्। थारुहरु त यो देशको सबैभन्दा ठूलो राष्ट्रवादी समुदाय हो। जसले आफ्नो श्रमबाट यो देशलाई आर्थिक उन्नतिमा साथ दिएको छ,’ थारुवानसँग कुरा गर्दै उनले भने।

उनले थारुहरुलाई आन्दोलनको विकल्पसमेत नरहेको बताए। आन्दोलनको लागि आम थारुलाई तयारी अवस्थामा रहन उनले अपिलसमेत गरेका छन्। उनले अदालतको फैसला फैसला पूर्ण नभएको बताउँदै छिट्टै उच्च अदालतमा अपिल गर्ने बताए।

उनले सरकारले आफूलाई बनावटी कैदी बनाएको बताए। ‘मैले कुनै अपराध गरेको थिइनँ। मलाई जबरजस्ती जेलमा हालियो। जुन शासकहरुले थारुहरुलाई हेर्ने दास मानसिकताको उपज थियो त्यो। मजस्तै थुप्रै साथीहरु जेल जीवन जीवन बाध्य भए। त्यो ४२ महिना पक्कै पनि सहज भएन,’ उनले भने

उनले संवधानले थारुहरुको संवैधानिक अधिकार नदिएको आरोपसमेत लगाए। थारुहरुलाई जेलमा कोचेर बनाइएको संविधानले थारुहरुको अधिकार र पहिचानलाई समाप्त गरेको उनको बुझाई छ। ‘हामीलाई जेलभित्र कोचेर बनाइएको संविधानले थारुहरुको अधिकार र पहिचानलाई समाप्त गरेको छ। यो संविधान दीर्घायु र टीकाउपूर्ण हुनुपर्छ भन्ने मेरो मान्यता हो। तर दुर्भाग्य भन्नुपर्छ यो संविधान थारुविरोधी संविधान हो,’ उनले भने।

भिडियो कुराकानी हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *