बाबुरामले भने- ‘थारू आन्दोलनकारीमात्र दण्डित हुनु विडम्वनापूर्ण’

टीकापुर घटनाको फैसलालाई लिएर नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले ट्विटरमा जिल्ला अदालत कैलालीको फैसलाबारे असन्तुष्टि व्यक्त गरेका हुन्।

जिल्ला अदालतले बुधबार तीन वर्षअघि एक नाबालसहित आठ जानको ज्यान जाने गरी भएको घटनामा रमेश चौधरीसहित ११ जना दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। भट्टराईले थारू विद्रोहका क्रममा भएको घटनालाई लिएर चौधरीसहित ११ जनालाई जन्मकैद सजाय हुनु विडम्बनापूर्ण भएको उल्लेख गरे। उनले उक्तघटना पूर्वका कांग्रेस/एमाले/माओवादी/मधेसी आन्दोलनकारीसँग राजनीतिक सम्झौता हुनु तर थारू आन्दोलनकारी मात्र दण्डित हुनु कति जायज हो? भन्दै प्रश्नसमेत गरेका छन्।

जिल्ला अदालतले चौधरीसँगै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, रनजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी, श्रवण चौधरी र गंगारमक डगौरा चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३०) अनुसार जन्दकैलको सजाय सुनाएको छ। उनीहरूमध्ये श्रवण नावालक भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११ (३) अनुसार १० वर्ष मात्र कैद हुनेछ। टीकापुर घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी गरी तीन प्रकारको वारदातको अभियोग लगाइएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *