न्यायालयले रेशम चौधरीलाई न्याय गरेन : हृदयेश त्रिपाठी

प्रतिनिधिसभा सांसद हृदयेश त्रिपाठीले न्यायालयले रेशम चौधरीलाई न्याय नगरेको बताएका छन्। टीकापूर काण्डमा दोषी देखिएका राजपा सांसद् रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको प्रति टिप्पणी गर्दै सांसद् त्रिपाठीले प्रतिनिधि सभाको बैठकमा यस्तो कुरा बताएका हुन्।

‘हाम्रा अदालतले फैसला गर्छन्, न्याय गर्दैनन् भनेर एक जना पूर्वप्रधानन्यायाधीशले आजै मात्रै भन्नुभएको थियो। मलाई त्यो कुरा सही लाग्यो। फैसला मात्रै हुने रहेछ। न्याय नहुने रहेछ,’ सांसद त्रिपाठीले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *