थाकसमा नयाँ कार्यसमितिको आह्वान, सभापतिमा तीन जना आकांक्षी

थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनले पुरानो कमिटीलाई विघटन गरी नयाँ कमिटीको लागि आह्वान गरेको छ। कार्यबाहक सभापति कन्नुलाल चौधरीले बन्दसत्रमार्फत् पुरानो कमिटीलाई भंग गर्दै नयाँ कमिटीको आह्वान गरेका हुन्।

निर्वाचनका लागि अधिवक्ता रामराज चौधरीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल बनाइएको छ। जसमा श्रवणकुमार चौधरी र गीता चौधरी रहेका छन्।

निर्वाचन मण्डलले १६५ जना भोटरहरुको नामावली प्रकाशित गरेको छ। निर्वाचन मण्डलको सूचनामा ३ बजेदेखि ३:३० बजेसम्म उम्मेदवारी दिने समय तोकेको छ। त्यस्तै दाबी विरोधपछि ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५:३० देखि ८:३० सम्म चुनाव हुने सूचनामा उल्लेख छ।

sdr

अध्यक्षका लागि भने तीन जनाको उम्मेदवारी पर्ने भएको छ। निवर्तमान अध्यक्ष धनिराम चौधरी, निवर्तमान सचिवालय सदस्य राजकुमार लेखी र चितवनका पूर्वसभापति विश्राम महतोले उम्मेदवारी घोषणा गरेका छन्।

विश्राम थारुले बन्दसत्र हलबाटै आफ्नो उम्मेदवारी घोषणा गर्दै आफूलाई भोट दिन आग्रह गरेका छन्।

यता राजकुमार लेखीले उम्मेदवारी घोषणा गर्दै अध्यक्ष र उपाध्यक्ष, महामन्त्री, उपमहामन्त्री पश्चिमलाई दिने सार्वजनिक वक्तव्य दिइरहेका छन्।

धनिराम चौधरीले भने थाकसको सभापति भएकै कारण आफू घरको न घाट भएको अवस्थामा रहेकाले पुनः सभापतिमा जिताएर थारु एकता र थारु मुद्दालाई बलियोग बनाउन आह्वान गरेका छन्। धनिरामले वारेसनामाबाट उम्मेदवारी दिने बुझिएको छ।

चुनावी माहोल हेर्दा कांग्रेस र कम्युनिस्टहरुको दुई धार देखिएको छ। कांग्रेसका उम्मेदवारको रुपमा धनिराम छन् भने कम्युनिस्टको उम्मेदवार राजकुमार लेखी रहेका छन्। कुनै सहमति हुन नसके कांग्रेस र कम्युनिस्टहरुको प्रतिस्पर्धा हुने देखिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *