थरुहट/थारुवान संयुक्त संघर्ष समिति फेरि व्युँतियो, कडा आन्दोलन गर्ने चेतावनी

पूर्वसांसद रुक्मिणी चौधरीले २०७२ सालमा घटेको टीकापुर घट्ना नितान्तै राजनीतिक भएको बताएकी छन्। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले टीकापुर घटनाको सत्यतथ्यसहितको प्रतिवेदन तयार पारिए पनि सार्वजनिक नगरिएकोमा आपत्ति जनाइन्।

उनले भनिन्, ‘टीकापुर घट्ना राजनीतिक थियो, आज त्यही आन्दोलनको नाममा कैयन ब्यक्तिहरुलाई झुठा मुद्दा लगाएर जेलामा कोच्ने काम राज्यबाट भएको छ। हामी बुद्धका अनुयायी हौँ, हाम्रो संस्कारमा हिंसा भन्ने हुँदैन। रहस्यपूर्ण आन्दोनलनपछि हाम्रो समुदायमाथि राज्यले गरेको दुर्व्यवहार अब हामी सहँदैनौं।’

उनले थपिन, ‘विगत चार दिनदेखि अन्सनमा बसेका रेशम चौधरीलगायत सबैको ज्यान जोखिममा छ, सरकारले अनसन तोडाउने प्रयास गरोस् हाम्रा मागहरु पूरा गर्ने कष्ट गरोस्।’ त्यस्तै संघर्ष समितिका केन्द्रीय सदस्य किशोर विश्वासले थारुलाई दासत्व र आन्तरिक उपनिवेशमा राखिएको आरोप लगाए ।

उनले भने, ‘यो मुलुकमा हाम्रो कुनै अस्तित्व स्वीकार गरिँदैन, हाम्रा मागहरुको बारेमा राज्य जहिलेपनि निरीह छ, टीकापुर आन्दोलनको नाममा हाम्रो मुक्तिको आन्दोलनलाई कमजोर बनाउने कोसिस भयो, तर हामी किहिल्यैपनि पछि हट्दैनौं, हाम्रो आन्दोलन जारी छ, आत्मनिर्णयको अधिकारयूक्त थरुहट राज्य हाम्रो माग हो।’

रेशमलाल चौधरी जनमतबाट आएको बताउँदै विश्वासले भने, ‘हाम्रो देशमा ठूलालाई चैन सानालाई ऐन हुन्छ भन्थे हो रहेछ, आदालतबाट दोषी ठहर भएका र प्रहरीद्वारा इन्टरपोलको नोटिस काटिएका नवराज सिलवाललाई पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले गाडीमा बोक्छन्, तर राजनीतिक आन्दोलनका आन्दोनकर्मी रशेमलाई जेल हान्छन्। उनले त अदालतको आदेशलाई सिरोपर गरेर अदालतमा उभिए, उनलाई धन्यवाद छ, आधिकारिक रुपमा टीकापुर घटनाको बारेमा प्रतिवेदन सार्वजनिक होस्, कसैलाई जेलमा कसैलाई संसदमा यति विभेदकारी राज्यविरुद्धमा हामीले धावा बोल्ने दिन आयो भने त्यसको सबै क्षति राज्यले नै व्यहोर्नुपर्नेछ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *