साउदीमा कार दुर्घटनामा परी कञ्चनपुर निवासी वीरबहादुर रानाको मृत्यु

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ ।

साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका–१२ का वडाध्यक्ष वाले रानाले बताए। ‘घरको कमाउने एक्लो व्यक्तिको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ,’ उनले भने ।

वीरबहादुरसँगै काम गर्दै आएका नेपालीले उनको घरमा दुर्घटनामा परी मृत्यु भएको जानकारी दिएको अध्यक्ष रानाले बताए । मृतकको कमाईमा आमा, बुबा, श्रीमती, नाबालक छोरा र दुईजना छोरी आश्रित रहेका थिए । ‘मृतको शव स्वदेश ल्याउनका लागि पहल गरिरहेका छौँ,’ अध्यक्ष रानाले भने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *