थारु पत्रकार संघ दाङको तेस्रो अधिवेशन आज

थारु पत्रकार संघ दाङ शाखाको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने भएका छन्। थारु पत्रकार संघले शुक्रबार एक विज्ञप्ती जारी गरी यस्तो जानकारी दिएको हो।

संघका अध्यक्ष सन्तोष दहितले जारी गरेको विज्ञप्तीमा अधिवेशनको सम्पूर्ण तयारी भएको पनि जनाएको छ। संघको अधिवेशन असोज ७ गते शनिबार दाङको घोराहीमा रहेको डोक होटेलमा हुनेछ।

यसैबीच अधिवेशनमा नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, सचिव उदय जिएम, थारु सांसद, पूर्वसभासद, बुद्धिजीविहरुको सहभागिता रहने संघले जनाएको छ।

अधिवेशनलाई भब्य र सभ्य बनाउनका लागि दाङका सवै राजनीतिदलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवाहरु, सञ्चार संगठनका प्रमुख तथा प्रतिनीधिहरु, पत्रकारहरु, ब्यापारी तथा सरोकारवालाहरुलाई ठीक साढे १० बजे उपस्थितिको लागि अपिल पनि गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *