बेल्जीयमको अफिसबाट राजीनामा दिएर बाढीपीडितलाई राहत वितरण

कारी महतो/चितवन।
१ असोज । चाडपर्व अगावै राहत वितरण गर्नका लागि आफूले काम गर्दै आएको बेल्जीयमको अफिसबाट राजिनामा दिएर बीना महतो नेपाल आइन् । यदि एक महिनापछि नेपाल आएको भए अफिसले प्लेन टिकट सहित केहि महिना विदा दिन्थ्यो । तर राहत वितरण गर्न ढिलो हुने भएकोले राजिनामा दिएर आफ्नै पैसाले प्लेन टिकट काटेर उनी नेपाल आई राहतको पर्खाइमा बसेका बाढीपीडितलाई चाडपर्व अगावै राहत वितरण गरिन् ।

चितवनको रत्ननगर नगरपालिका वडा नं. ४ भक्तिनी बगैंचामा स्थायी घर भएकी बीना महतो बेल्जियममै बस्दै आएकी छिन् । बेल्जीयममा रहेपनि स्वदेशमा आपतकालिन समयमा सहयोग पठाउँदै आएकी थिइन् । यसपाली गृहजिल्ला चितवनको विभिन्न ठाउँमा बाढीले ठूलो क्षति पु¥याएपछि उनी चिन्तित भइन् । बेल्जीयममा समय मिलाएर राहत संकलन गरिन् । त्यसपछि आफै आएर सर्वेक्षण गरी राहतबाट वञ्चितहरुको लगत लिइन् । कम राहत पाएका र पाउँदै नपाएका रत्ननगर नगरपालिकाको वडा नं. ८ को बगर टोलमा २० घर र वडा नं. ९ को कुमाल टोलमा २४ घर तथा माडी नगरपालिकाको रतनीमा २७ घर गरी जम्मा ७१ घर परिवारलाई चाडपर्वको मुखमा राहत वितरण गरिन् ।
राहत वितरणका लागि पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र रत्ननगर नगरपालिकाका उपमेयर विमला दुवाडीको समेत उपस्थिति रहेको थियो । बाढी प्रभावित परिवारको घर–घरमै पुगेर आवश्यकता अनुसार उनले चालम, नुन, तेल, दाल लगायत भाडाकुडासँगै लत्ताकपडा र म्याट वितरण गरिन् ।

बेल्जीयममा बसोबास गर्ने नेपालीहरुकै वन किलो फर नेपाल, समर क्याम्प ग्रुप, मिलिजुली दिदी बहिनी ग्रुप, दिदी बहिनी ग्रुप, दुर्ने ग्रुपले उनको अभियानलाई साथ दिएका हुन् । त्यस्तै रामशरण महतो, टिका महतो, सोम नारायण थनेत, विकास चौतारी, सुसी टाउन, गणेश÷कृष्ण गुरुङ, प्रिति भरत, सुष्मा गुरुङ, गोरी गुरुङ, सरिता नेपाल, विनु मगर, कृष्ण गुरुङ, नविन÷अनिता गुरुङ, मीना गुरुङ लगायत बेल्जीयममा रहेका नेपालीहरुबाट संकलित झण्डै २ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको बीना महतोले जानकारी दिइन् ।

राहत संकलनका लागि आर्थिक सहयोग गर्ने व्यक्ति तथा संस्थाहरु लगायत राहत वितरणमा सहयोग गर्ने बहिनी दिव्या महतो, दिदीहरु मीना महतो, सिता महतो, भिनाजुहरु राजवंशी चौधरी, गिरधारी चौधरी र मामा दोजराज महतो र भाउजु रुन्जा चौधरी लगायत परिवारलाई बीनाले धन्यवाद दिन चाहन्छिन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *