काठमाडौंका थारु महिलाहरुले जितिया पर्व मनाउँदै

थारु महिला समाज र थारु महिला सभा उपत्यका समितिले संयुक्तरुपमा जितिया पर्व मनाउने भएका छन् । थारु महिलाहरुको महान् चाड जितिया बुधबार साँस्कृतिक कार्यक्रमका बीच प्रज्ञा प्रष्ठिानको हलमा मनाइने महिला समाजका अध्यक्ष गीता चौधरीले जानकारी दिइन् ।

तराईका मूल आदिवासी विवाहित थारु महिलाहरुले यो पर्व ष्ठिापूर्वक मनाउने गर्छन् । विसं २०६१ सालदेखि महिलाहरुले यो पर्व काठमाडमौंमा मनाउँदै आएका छन् । काठमाडौं उपत्यकाका महिलाहरुलाई एकीकृत गर्ने उद्देश्यले पनि यो पर्व काठमाडौं मनाउन थालिएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा साँस्कृतिक झाँकीसहित साँस्कृतिक कार्यक्रम पनि आयोजना हुने अध्यक्ष चौधरीले जानकारी दिइन् ।
त्यस्तै सोही दिन थारु साँस्कृतिक संगीत विकास मञ्चले नेपाल पर्यटन बोर्डमा थारु राष्ट्रिय जितिया महोत्सव गर्ने भएको छ । महोत्सव संयोजक भारती चौधरीले थारु जातिको उत्पति कालदेखि नै जितिया पर्व मनाउँदै आएको बताएकी छन् ।
थारु साँस्कृतिक र पौराणिक विश्वासलाई निरन्तरता दिने उद्देश्यले आयोजना गर्नको लागिएको महोत्सवमा ३ हजार मानिसहरुले भाग लिने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा थारु संस्कृतिका जानकार एवम् अधिवक्ता महेश्वर प्रसाद चौधरीले यस पर्वले थारु जातिको ऐतिहाँसिकता र पौराणिकतालाई प्रचार–प्रसार र प्रवद्र्धन गर्नको लागि सहयोग पुर्याउने दाबी गरे ।

उनले भने, ‘थारु जातिको परापूर्व कालदेखि चल्दै आएको संस्कृतिलाई हामीले विगत १० वर्षदेखि महोत्सवका रुपमा मनाउँदै आएका छौँ, यसले पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको छ।’

कार्यक्रममा महोत्सवका साँस्कृतिक संयोजक रामदेव चौधरीले थारु जातिको संस्कार संस्कृति र पहिचान विश्वका अरु कुनै पनि जातजाति र धर्म संस्कारका समुदायसँग तुलना गर्न नमिल्ने दाबी गरे ।

विकास मञ्चका अध्यक्ष उपेन्द्र कुमार चौधरीले यस महोत्सवलाई सम्पन्न गर्नको लागि सञ्चार कर्मीहरुलाई आग्रह गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *