बाराका कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश

नागेन्द्र चौधरी/बारा।

दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन नजिकिदै जादा नेकपा एमाले पार्टीले सिकार गर्दै अगाडि बढिरहेका छन् । प्रदेश नम्बर २ मा पनि नेकपा एमाले नै पहिलो पार्टी हुने दाबाका साथ घरदैलो तथा पार्टी प्रवेश गराउदै अगाडि बढिरहेका छन्।

बिहीबार नेकपा एमालेले कलैया नगरपालिकामा भारी मतले बिजयी हुन विभिन्न पार्टीका नेता तथा कार्यकार्तालाई पार्टी प्रवेश गराउदै चुनावी माहोल तताएका छन्। एमालेका तर्फबाट कलैया उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्षका उमेदवार रहेका जफर अंसारी ठकुराईको पहलमा नेपाली कांग्रेसका ८१ जना कार्यकार्तालाई पार्टी प्रवेश गराएका हुन्।

ठकुराईले नेपाली कांग्रेसका वडा अध्यक्षको उमेदवार रहेका लतिफ मियाँ ठकुराईलाई पार्टी प्रवेश गराई वडा अध्यक्षको टिकट समेत सुम्पिएका छन्। नेपाली कांग्रेसका ठकुराईसँगै ८१ जनाले पार्टी परित्याग गरी नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्।

सो अवसरमा नेकपा एमालेका तर्फबाट कलैया उपमहानगरपालिकाका मेयरका उमेदवार रहेका बिनोद प्रसाद साहले ८१ जनालाई नै टिका लगाई स्वागत गरेका छन्। नेपाली कांग्रेसका ८१ जनाले पार्टी परित्याग गरी नेकपा एमालेमा पार्टी प्रवेश गरेकाले नेपाली काँग्रेस पार्टीलाई ठुलो धक्का लागेका छन्। सो अवसरमा सुरेश मोदक लगायत विभिन्न नेता तथा कार्यकार्ताहरूको सहभागीता रहेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *