थारु पत्रकार संघ बाराकी अध्यक्ष रेनु चौधरीलाई स्व. उमा सिंह पत्रकारिता पुरस्कार

थारु पत्रकार संघ नेपाल बारा शाखाकी अध्यक्ष रेनु चौधरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७३’बाट सम्मानित हुने भएकी छन्। नेपालका पत्रकार महिलाहरुको छाता संगठन सञ्चारिका समूहले २१औं साधारणसभाको अवसरमा पुरस्कार प्रदान गर्ने जनाएको छ। चौधरी बाराको कलैयास्थित संस्कार एफएममा समाचारवाचिका तथा कार्यक्रम उत्पादनको रुपमा कार्यरत छिन्। पुरस्कारको राशि सात हजार एक सय एघार रुपैयाँको रहेको छ।
सञ्चारिकाले त्यसका अलवा ‘सञ्चारिका समानता पुरस्कार २०७३’ बाट सिर्जना श्रेष्ठ र ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७३’बाट निराशी थामी र रुमु न्यौपानेलाई प्रदान गर्ने निर्णय भएको जनाएको छ।

पुरस्कार छनौटका लागि नेपाल पत्रकार महासंघका तत्कालीन अध्यक्ष डा.महेन्द्र विष्ट, वरिष्ठ पत्रकार कश्मस विश्वकर्मा र सञ्चारिका समूहकी महासचिव कमला पन्थीसहितको तीन सदस्यीय निर्णायक मण्डल बनाइएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *