जनजाति महासंघ मलेसियाको उपाध्यक्षमा दुई थारु चयन

आदिवासी जनजाति महासंघ मलेसियाको तेस्रो अधिवेशनले मिङ्मा शेर्पाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतिले चयन गरेको छ। मलेसियामा भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा नरबहादुर पुन मगर, उपाध्यक्षमा आरएन चौधरी, राम तामाङ, पि. टि. शेर्पा र महिला उपाध्यक्षमा दोर्जीमा शेर्पा र सरिता चौधरी छन्।

त्यस्तै महासचिवमा चक्र तामाङ, सचीवमा भिम राई, कोषाध्यक्षमा राजेश लमिछाने मगर र सहकोषाध्यक्षमा राजेन्द्र तामाङ छन्। सदस्यहरुमा क्रमशः ङावाङ नुरी शेर्पा, संगम गुरुङ, हर्क ब. गुरुङ, शम्भु मोक्तान तामाङ, अमिर माबो लिम्बू, वेल्सन लावती लिम्बू, प्रजेश चौधरी, मनिराम थारु, रुपेन आले मगर, रेबन्त राज आङदेम्बे, सोनाम नोर्बु तामाङ र गंगा चाम्लिङ छन्।

निर्वाचित सबै पदाधिकारीलाई  नेपाली दूतावास मलेसियाका द्वितीय सचिव बिनोद मुखिया र महासंघका पूर्वअध्यक्ष दीपक तामाङ बम्जनले प्रमाणपत्र प्रदान गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *