सांसद दहितकाे चेतावनी- `टीकापुर घटनाका बन्दीलाई रिहाई नगरेसम्म कुनै चुनाव हुँदैन´

थरुहट तराई पार्टी नेपालका सांसद डा. गोपाल दहितले सरकारले स्थानीय तहको निर्वाचनको नाममा नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन्। व्यवस्थापिका संसदमा सोमबार सम्बोधन गर्दै सांसद दहितले सरकारले स्थानीय तहको निर्वाचन हुन नसक्ने थाहा पाउँदापाउँदै पनि निर्वाचन गर्ने ढोल पिटिरहेको बताए। ‘मन नलागी लगानी खाएको खानाले कब्जियत हुन्छ। हुनैनसक्ने स्थानीय तहको निर्वाचन गर्छु गर्छु भनेर सरकारले नाटक बन्द गर्नुपर्छ,’ उनले भने।

डा. दहितले संशोधन विधेयक तुरुन्तै दर्ता हुनुपर्ने मागसमेत गरेको छ। उनले आन्दोलनरत मधेसी मोर्चा र थरुहट तराई पार्टीको माग सम्बोधन गर्न माग गरे।

उनले टीकापुर घटनामा पक्राउ गरेका थारुहरुलाई तुरुन्त रिहाईको माग गर्दै टाउको ताकेर गोली हान्नेहरुलाई कारबाहीको माग गरे। ‘टीकापुर घटनामा पक्राउ परेकाहरुलाई रिहाई नगरेसम्म स्थानीय तहको निर्वाचन हुन सक्दैन। रिहाई नगरे यहाँ कुनै किसिमको चुनाव हुन नसक्ने उद्‍घोष गर्न चाहन्छौं,’ उनले भने।

उनले संविधान संशोधन बिना कुनै पनि संवैधानिक कार्य अगाडि बढ्न नकसक्ने उनले बताए। उनले आफूहरु चुनावको विरोधी नभएको बताउँदै निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई चुनाव चिन्ह प्रदान गर्न आग्रह गरे।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *