थारु महिलाहरुले धनगढीमा मनाए भब्य चिरै भजहर [फोटो फिचर]

प्रेम दहित/धनगढी।
कैलालीको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आफ्नो पहिचानको लागि संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्नुपर्ने बताएका छन्। सखी सञ्जालले धनगढीमा आयोजना गरेको चिरै भजहरको कार्यक्रममा बोल्दै रिजालले कला संस्कृति समुदायको पहिचान भएको बताए। ‘कला, संस्कृति र चाडपर्व समुदायको पहिचान हो। यसलाई संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी पनि तपाइँहरुकै हो,’ उनले भने। उनले समुदायका चालचलन र संस्कृतिहरु भाबी पुस्तामा हस्तान्तरण हुनुपर्ने बताए।

महिला तथा बालबालिका विकास कार्यालयकी प्रमुख पूजा काफ्ले चिरै भजहर महिला स्वतन्त्रताको चाडपर्व भएकाले बताइन्। उनले नेपालमा विविध कला संस्कृति भएकाले सबै समुदायको कला संस्कृतिलाई सम्मान गर्नुपर्ने बताइन्।

महिला अधिकारकर्मी चित्रा पनेरुले परम्परागतरुपमा मनाउँदै आएको चाडपर्वलाई निरन्तरता दिनुपर्ने बताइन्। उनले महिलाहरुले आफ्नो अधिकारका लागि भएपनि यस्ता पर्वहरु मनाउनपर्ने बताइन्।

आयोजक सञ्जालकी अध्यक्ष इन्दु थारुले महिला स्वतन्त्रता लागि यो पर्व मनाउनेगरेको बताइन्। चिरै भजरबारे प्रस्ट्याउँदै उनले अविवाहित महिला (छोरी) घरबाट केही टाढा रहेको बगियामा गएर दिनभर पौराणिक खेल (छुर, कोइली दिदी, कौरी नुकावर) खेल्ने र नाँचगान गर्दै रमाइलो गरी मनाउने प्रचलन रहेको बताइन्।

त्यसदिन परिवारका सदस्य भने मिठा–मिठा परिकार बनाई छोरीहरुलाई पुर्यानई खुवाउने चलन रहेको सञ्जालका अध्यक्ष थारुले बताइन। यो दिन महिलालाई स्वतन्त्रता दिएको हुन्छ। त्यसैगरी यस पर्वमा दिदीबहिनी बाटो छेक्ने र बटुवाले आफ्नो स्वइच्छा दान गर्ने चलन छ।

कार्यक्रममा स्थानीय विकास अधिकारी केशवप्रसाद विमली, नेपाल पत्रकार महासंघका अध्यक्ष जगत साउद, थारु पत्रकार संघका अध्यक्ष कृष्ण सर्वहारी, पूर्वसांसद मालामति राना, थारु नागरिक समाजका अध्यक्ष दिलबहादुर चौधरी, संयुक्त राष्ट्र संघ अदिवासी जनजातिका विज्ञ सदस्य फुलमान चाधरी, थारु कल्याणकारिणी सभाका महामन्त्री इन्दिरा चौधरी, थाकसका जिल्ला सचिव माधव चौधरी, कमैया प्रथा उन्मुलन समाजकी अध्यक्ष बसन्ती चौधरीलगायत सहभागी थिए।

यो पनि पढ्नुस्:

कन्या स्वतन्त्रताको पर्व चिरैं/चरैं [पर्व विश्लेषण]

तस्बिर : अविनाश चौधरी/प्रेम दहित




Leave a Reply

Your email address will not be published. Required fields are marked *