सुनसरीका थारु पत्रकारहरु केन्द्रीय र प्रादेशिक पार्सदमा विजयी

थारु पत्रकार संघ नेपालको  सुनसरीका शाखाका पदाधिकारीहरु नेपाल पत्रकार महासंघको १०‍औं अधिवेशनबाट प्रादेशिक र केन्द्रीय पार्सदमा विजयी भएका छन्। शाखाका अध्यक्ष कुलदीप चौधरी, निशान चौधरी, सुकदेव चौधरी, गवन चौधरी प्रादेशिक पार्सदमा विजयी भएका छन्। त्यस्तै सुनिल चौधरी जिल्ला सदस्य र ममता चौधरी केन्द्रीय पार्सदमा विजयी भएका हुन्। 

दशौ अधिवेशनले अध्यक्ष पदमा अमर खडका भारी मतले बिजयी भए। उनले दुई सय मतमा एक सय १८ मत प्राप्त गरे। प्रतिद्वन्द्वी जनकत्रृषी चाम्लिङ राईले भने ८० मत मत प्राप्त गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *