थारु राष्ट्रिय माघी महोत्सवको उद्घाटन प्रधानमन्त्रीले गर्ने

थारु राष्ट्रिय माघी महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन्। थारु विद्यार्थी समाजलगायत २८ वटा संस्थाद्वारा माघ १ गते टुडिखेलमा आयोजना हुने दुई दिने महोत्सवमा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालको टुंगो लागिसकेको मूल आयोजनक समितिले जनाएको छ।
त्यस्तै कार्यक्रममा अन्य मन्त्रीहरुलाई पनि निम्त्याइएको छ। त्यसका अलवा कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रि पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी, थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा गोपाल दहित, फोरम लोकतान्त्रिकका प्रमुख सचेतक एवं सांसद योगेन्द्र चौधरी, माओवादी केन्द्र तथा थारु मुक्ति मोर्चाकका अध्यक्ष सन्तकुमार चौधरी, नयाँ शक्ति नेपालका ५ नम्बर प्रदेश प्रमुख सुरेन्द्र चौधरी, अभिनेत्री किरिष्मा मानन्धरलगायत अतिथिहरुको उपस्थिति रहरनेछ।

मूल आयोजक समितिका संयोजक चन्द्रप्रसाद चौधरीका अनुसार महोत्सवको पहिलो दिन पुस २९ गते रक्तदान कार्यक्रम आयोजना गरिनेछ। सोही दिन नयाँ संविधानमा थारु मुद्दाको सबाल नामक अन्तर्क्रिया कार्यक्रम हुनेछ। कार्यक्रममा थारु तथा सरोकारवाला पक्षहरुको सहभागिता रहने संयोजक चौधरीले जानकारी दिए। सोही दिनको बेलुका माघीमा गरिने जीतामर्ना कार्यक्रम पनि आयोजना गरिएने उनले बताए। थारुले मनाइने परम्परागत माघको झल्को दिन यस्तो कार्यक्रम आयोजना गरिएको उनले बताए।

दोस्रो दिन माघ १ गते झाँकी र्याएलीसहित उद्घा्टन सत्र आयोजना हुनेछ। उद्घाटन सत्रमा प्रमुख अतिथि र विशेष अतिथिले बोल्ने कार्यक्रम रहेको छ। सोही दिन थारुहरुको साँस्कृति झल्किने विभिन्न प्रकारका नृत्य प्रस्तुत गरिनेछ। आयोजकका अनुसार चम्पन साँस्कृतिक समूह, थारु साँस्कृति कला विकास मन्दिर, प्रसिद्धी कला केन्द्र, कृष्ण फिल्मबाट कलाकारहरु धमाकेदार प्रस्तुती रहनेछ। कार्यक्रममा थारुहरुको परम्परागत नृत्य सखिया, लाठी, झुम्रा पनि नाचिने आयोजकले जनाएको छ।

कार्यक्रममा थारु समुदायको खानाका परिकारको स्टल पनि राखिने आयोजकले जनाए। मूल आयोजक समितिका अनुसार महोत्सवमा घोङी, ढिक्री, माछा, परेवाको मासु, हाँसको मासु, लड्डु, खिचरीलगायतका परिकारहरुको स्वाद लिन सकिन्छ।

त्यस्तै माघ १ गतेको कार्यक्रम थारुवान डटकम, थारुवान डटकमको फेसुबक र युट्यु च्यानलबाट प्रत्यक्ष प्रसारण हुने मूल आयोजक समितिले जनाएको छ। प्रवासमा रहेका थारुहरुले राष्ट्रिय स्तरको महोत्सवमा नजिकबाट नियाल्न सकुन भनेर प्रत्यक्ष प्रसारण गर्न लागेको संयोजक चौधरीले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *