पुस १७ देखि भादा महाेत्सव, तयारी तिब्र

थारु संस्कृति, थारु भेष भुषा, खानपिनको प्रोमोशन तथा प्रर्वद्धनको लागि यही पुस १७ देखि २१ गतेसम संचालन हुने छैठों भादा महोत्सवको तयारी तिब्र रहेको छ । थारु संस्कृति, थारु भेष भुषा, खानपिनको प्रोमोशन तथा प्रर्वद्धनको लागि यही पुस १७ देखि २१ गतेसम संचालन हुने छैठों भादा महोत्सवको तयारी तिब्र रहेको छ । थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको प्रयासमा २०६७ सालदेखि सञ्चालन हुदै आएको समितिका अध्यक्ष लक्ष्मी नरायणले जानकारी दिए ।

अध्यक्ष चौधरीले महोत्सबको ६० प्रतिशत तयारी पहिलैदेखि पुरा भएकोले बाँकी तयारी तिब्र गतिमा भईरहेको बताए । होम स्टेको वार्षिकोत्सवको उपलक्ष्यम प्रत्येक बर्ष महोत्सव सञ्चालन गर्दै आएको बताउदै यो वर्ष महोत्सबलाई भव्यरुपले सफल पार्न मूल समिति र उप समिति गठन गरेको जानकारी दिए ।

महोत्सवको लागि सिताराम चौधरीको संयोजकत्वमा बजार व्यवस्थापन उपसमिति, शिवराज चौधरी संयोजक, मञ्च व्यवस्थापन उपसमिति, खानेपानीको व्यवस्थापन महिला समूह, गेट व्यवस्थापनको जिम्मेवारी हरिचरण चौधरी, सरसफाई व्यवस्थापन उपसमितिको संयोजक हरिकृष्ण चौधरीलाई दिइएको अध्यक्ष चौधरीले बताए । त्यसै गरी मेश संचालन उप–समितिको संयोजकमा सुकराम चौधरी, सांस्कृतिक व्यवस्थापन उपसमितिमा जग्गीराम चौधरी लगायत समिति गठन गरिएको छ ।

थारु खानपान, थारु कलाशिप, हस्तकला, थारु संग्राहलय, जुत्ता चप्पल, रेडिमेट कपरा, किराना पसल मिठाईं पसल लगायत ४० स्टल रहने लक्ष्य बनाइल थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिके कोषाध्यक्ष पदमबहादुर चौधरी बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *