थरुहट थारुवानको आन्दोलन घोषणा

थरुहट थारुवान संयुक्त संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। थारुका माग मुद्दामा सरकार अझै गम्भीर नभएको र टीकापुर कान्डमा समितिका संयोजक धनिराम चौधरीलगायत थारुहरुको मुद्दा फर्ता नगरेको भन्दै समितिले आन्दोलनको घोषणा गरेको हो।

संयोजक धनिराम चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा मंसिर १० देखि देखि ३० गतेसम्म आन्दोलन गर्ने उल्लेख छ। समितिले मंसिर १०, १७ र २४ गते नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि धर्ना दिने जनाएको छ। समितिले हातमा कालोपट्टि बाँधेर लाल्टिन, टुकी, प्लेकार्ड प्रदर्शन गर्ने जनाएको छ।

त्यस्तै थरुहट जिल्लामा पनि सोही दिन जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राजमार्ग लगायतका स्थानमा विरोध प्रदर्शन गर्ने विज्ञप्तीमा उल्लेख छ।

समितिले आफ्ना माग पूरा नभएसम्म स्थानीयलगायत कुनै किसिमको निर्वाच हुन नदिन चेतावनी दिएका छन्।

पढ्नुस् विज्ञप्ती 

press-realese-tharuhat-tharuwan-joint-comitee-01

press-realese-tharuhat-tharuwan-joint-comitee-02




Leave a Reply

Your email address will not be published. Required fields are marked *