सुनसरीको बल्हामा समाचकेवा बिसर्जन

कुलदीप चौधरी/सुनसरी।

सुनसरीको बल्हास्थित थारु जागृति क्लबले समाचकेवा बिसर्जन गरेको छ। क्लबले एक कार्यक्रम आयोजना गरी समाचकेवा पर्वको बिसर्जन गरेको हो। रोशन चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व शिक्षामन्त्री सिनेट श्रेष्ठ थिए।

कार्यक्रमका संयोजक मोही चौधरीले समाचकेवाबारे प्रकाश पारेका थिए। उनले भाइबहिनीको प्रतीकको रुपमा मनाउने यो पर्वलाई संरक्षण र सम्बर्द्धन गर्न जरुरी रहेको बताए।

कार्यक्रममा गोपाल कोइरला, खेमराज पोख्रेल, एसएन मेहता, सुरेन्द्र चौधरी र सुनिल चौधरीले  समाचकेवाबारे प्रकाश पारेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *