नवलपरासीलाई नटुक्र्याइ ५ नम्बर प्रदेशमा राख्न माग गर्दै थाकसले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

संशोधन गरिने संविधानमा नवलपरासीलाई अखण्ड राख्नुपर्ने माग राख्दै थारु कल्याणकारी सभाले प्रधानमन्त्री समक्ष शुक्रबार ज्ञापनपत्र पठाएको छ। नवलपरासी जिल्लालाई नटुक्रयाई नवलपुर क्षेत्रलाई प्रदेश नं ५ मा राख्न माग गर्दै सभाले जिल्ला प्रशासन कार्यालय मार्फतसो ज्ञापनपत्र पठाएको हो।

प्रादेशिक सिमाना गर्दा थारु बाहुल्य रहेको नवलपुर क्षेत्रलाई प्रदेश नं ५ मा नराखी यसअगावै प्रदेश नं ४ मा राखिए पनि यस पटक संशोधन गर्दा प्रदेश नं ५ मा राख्नुपर्ने माग सभाले राखेको छ। चितवनदेखि पश्चिम मधेसलाई थरुहट प्रदेश बनाउनु पर्ने माग पनि सभाको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *