गढीमाई मन्दिरका पूजारीबीच कुटाकुट, पूजारी शभ्भु चौधरी घाइते

दुष्यन्त चौधरी/बारा।

बाराको ऐतिहासिक धार्मीक स्थल गढीमाईको मन्दिरका पूजारी पूजारीबीच भगडा हुँदा पूजारी शम्भु चौधरी घाइते भएका हुन् । गढीमाई मन्दिरमा दर्शनार्थीहरुले चढाइएका भेटिको रकम बाँडफाँडको विषयलाई लिएर गढीमाई मन्दिरकै पूजारी चन्द्रदेव चौधरीको कुटाईबाट शम्भु चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।

बिहीबार दिउंँसो साढे १२ बजे दुबै पूजारीबीच मन्दिरमा रहेका भेटीका बिषयमा समान्य झगडा भएपछि पूजारी चन्द्रदेव चौधरीले बाँसको भाटा प्रहार गरी पूजारी शम्भुको टाउको फुटेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक रेग्मीले बताए।

पूजारीलाई कुटपिट गरेका चौधरीलाई प्रहरीले नियन्त्रणमा राखिएको थियो । तर गढीमाई विकास तथा सञ्चाल समितिका अध्यक्ष रामचन्द्र साहको अनुरोधमा शुक्रबार छलफलका लागि जिल्ला प्रहरीमा उपस्थित गराउने शर्तमा छाडिएको रेग्मीले जानकारी दिए।

घाइते पूजारी चौधरीको कलैया अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि गण्डकस्थित वीरगञ्ज हेल्थ केयर अस्पताल वीरगञ्जमा भइरहेका घाइते पूजारीका भाइ सुरेन्द्रप्रसाद चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *