रौतहटका थारु युवाहरु सम्मानित

रौतहटका थारु युवाहरु सम्मानित भएका छन् । विभिन्न क्षेत्रमा सक्रिय भएर काम गर्ने युवाहरुलाई थारु एक्टिभ ग्रुपले सम्मान गरेको हो ।

tharu-rauthat-01सम्मानित हुनेमा सरसफाइमा योगदान पु¥याउने अक्लु मझिलाल, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका प्रमुख जितेन्द्र चौधरी, रौतहटबाट लोकसेवा आयोगमा उपसचिवमा नाम निकालेका अशोक चौधरी र सरोज चौधरी, समाजिक काममा सक्रिय जागृति चौधरी र रामप्रित चौधरी सम्मानित भएका हुन् ।

tharu-rauthat-02थारु एक्टिभ ग्रुपले आयोजना गरेको महिला सशक्तीकरण विषयक अन्तक्रियामा विभिन्न व्यक्तित्वले विभिन्न विषयमा बोलेका थिए । महिला सशक्तीकरणको समाजिक पक्षमा जगृति चौधरीले आफ्नो धारण राखेकी थिइन् ।

tharu-rauthat-03त्यस्तै रामेश्वर चौधरीले साहसिक र रीना चौधरीले स्थानीय योजना तर्जुमा पक्रियामा महिलाको भूमिकाबारे प्रष्ट पारिन् ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका संरक्षक अमृत खाँ र उपाध्यक्ष प्रेमीलाल चौधरी सहभागी थिए ।

tharu-rauthat-04




Leave a Reply

Your email address will not be published. Required fields are marked *