मकवानपुरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

हेटौँडाको पदमपोखरीस्थित चकरीमकरीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। हेटौँडाबाट हाडीखोला तर्फ गइरहेको ना ४ ख ४३०७ नम्वरको यात्रुबस दुर्घटना परेको हो। मृत्यु हुनेमा एक महिला र दुई पुरुष भएको प्रहरीले जनाएको छ। मृतकहरुको सनाखत भने हुन सकेको छैन।

घाइतेहरुलाई उपचारका लागि एम्वुलेन्सबाट हेटौँडा ल्याउँदै गरेको प्रहरीले बताएको छ। बसमा ५० जनाभन्दा धेरे घाइते भएको र १ सय भन्दा धेरे यात्रु रहेको मकवानपुर प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटना हेटौडाबाट ७ किलोमिटर टाढा भएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *