राष्ट्रिय क्रिकेट टोलीमा अनुराधा चौधरीसहित तीन थारु चेली

महिला विश्वकप छनोटका लागि रूबिना क्षेत्रीको कप्तानीमा १८ सदस्यीय राष्ट्रिय टोलीको घोषणा भएको छ। अक्टुवर ९ देखि हङकङमा आयोजना हुने एसियाली क्षेत्रको छनोटमा नेपालले हङकङ, चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ। यो समूहबाट पहिलो हुनेले सन् २०१७ मा आयोजना हुने वल्र्ड क्वालिफायरमा भाग लिन पाउने छ।
नेपालले हङकङमा हुने एसिया क्षेत्रको छनोटका लागि पहिले ४८ जना खेलाडीलाई बन्द–सत्रमा राखेको थियो। त्यसबाट २४ हुँदै सोमबार १८ सदस्यीय टोलीको घोषणा गरेको हो।

१८ सदस्यीय टोलीमा सिता रानामगर, काजोल श्रेष्ठ, सोभा आले, नेरी थापा, नीरा राजोपाध्याय, रोशनी बोहरा, सबनम राई, लक्ष्मी चौधरी, संगीता राई, इन्दु बर्मा, ज्योती पाण्डे, सरस्वती चौधरी, अनुराधा चौधरी, रश्मी शर्मा, निर्मला शाही, करुणा भण्डारी र सरिता मगर छन्। यी खेलाडीलाई जगत टमाटा, राजु बस्नेत र बिनोद दासले तयार गर्दैछन्। महिला टोलीको जिम्मेवारी पहिलो पल्ट राजु बस्नेतले लिँदै छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *