धनगढीमा भब्य हरेरी पूजा महोत्सव [फोटो फिचर]

अविनाश चौधरी/धनगढी।
थारु समुदायको पुरानो पहिरन र प्रयोग गर्ने सामाग्री लोप हुने अवस्थामा छन्। मौलिक विशेषता झल्काउने कलाकृतिका कतिपय सामाग्री देखिनै छाडी सके। सो समुदायबाट लोप हुने खतरामा रहेका त्यस्ता सामाग्री भने यहाँ एउटै थलोमा देख्न पाइन्छ।hareri festival dhangadhi 02
धनगढीको जाई गाउँमा आयोजित हरेरी पूजा महोत्सवमा युवा पुस्तालाई देखाउने उद्देश्यले लोपोन्मुख कलाकृतिका सामाग्रीहरु राखिएको हो। नयाँ पुस्ताले आफ्नो संस्कृति संस्कार भन्दा अरुको रहनसहनतर्फ आकर्षित भइरहेकाले उनीहरुलाई देखाउनका लागि लोपोन्मुख सामाग्रीहरु प्रदर्शन गरिएको जनाइएको छ।
hareri festival dhangadhi 03मौलिक कलाकृतिको प्रदर्शनले त्यसको संरक्षणमा टेवा पुग्ने कतिपयको विश्वास छ। ‘प्रदर्शनमा रहेका पुराना प्रायः सबै सामाग्री लोप भइसकेका छन्’, हरेरी महोत्सव मूल आयोजक समितिका संयोजक कुलवीर चौधरीले भने– ‘यसरी महोत्सव गरेर हामीले पहिलो पटक युवा पुस्तालाई यी सामाग्री देखाउन खोजेका हौं। यसले संरक्षणमा केहि हद्सम्म सहयोग पुग्छ र संरक्षण गर्नुपर्छ भन्ने सन्देश पनि जान्छ।’
hareri festival dhangadhi 04थारु समुदायमा पहिले प्रयोगमा आएका विभिन्न सामाग्रीहरु उनीहरु आफैले बनाउने गरेका थिए। अधिकांश सामाग्रीहरु आफ्नै गाउँघरमा पाईने बस्तुबाट बनाइने गरिएको थियो। तर, बढ्दो विश्वव्यापीकरणसंगै ती सामाग्रीहरु भन्दा राम्रा–राम्रा चीज सजिलै पाउन थालेपछि थारु समुदायको कलाकृतिका सामाग्रीहरुको प्रयोग घटेको हो।
hareri festival dhangadhi 05अटवारी, दसैं, दीपावली तथा माघी पर्वमा सबैले आफ्नो परम्परागत कलाकृतिका सामाग्री प्रयोग गर्नु पर्नेमा आफूहरुको जोड रहेको संयोजक चौधरीले बताए। उनले भने– ‘अरुको संस्कृतिमा विस्तारै हाम्रो पुस्ता घुलमिल हुँदैछ। यसले आफ्नै परम्परागत भेषभूषा, कलाकृति लोप हुनमा सहयोग पुगेकाले कमसेकम् चाडपर्वमा प्रयोग गरिनु पर्छ भन्नेमा हामीले जोड दिएका छौं।’
hareri festival dhangadhi 07हरेरी महोत्सवमा भेषभूषा अन्तर्गत पर्ने देउखरिया चोलिया, डङ्ग्वा चोलिया, ठोसियक बाला, तैतिक माला, चार कोन्वा कनबाली, मुन्द्री राखिएका छन्। त्यस्तै, पहिले थारु समुदायले दैनिक जीवनमा प्रयोग गर्दै आएका कोर्रा, गुर्ता–गोली, टुम्मा, खोङ्घीया, लहि्रया, गुम्मा, डफ, हुक्का, चिलम, बहिंगा, थैली लगायत ३० भन्दा बढी सामाग्रीहरु प्रदर्शनीमा राखिएका छन्। राना थारु समुदायको गरेला, फटुई, कैढ्नी पनि राखिएको छ। यी मध्ये अधिकांश अहिले लोप भएकोले सङ्ग्रहालय बनाएर राखिने महोत्सव आयोजक समितिले जानकारी दिएको छ।
hareri festival dhangadhi 09कृषि पूजाको रुपमा लिइने हरेरी पूजाको अवसरमा जाईका थारुहरुले महोत्सवको आयोजना गरेका हुन। थारु खानाका परिकार, काठबाट बनेको हिरोन्ना (पिङ्ग), मचान महोत्सवको आकर्षण बनेको छ। यस्तै, थारु नृत्य, गीतसङ्गितले दर्शक तानेको छ।

hareri festival dhangadhi 06

hareri festival dhangadhi 08




Leave a Reply

Your email address will not be published. Required fields are marked *