अंग्रेजी सिक्दै अमलटारी होमस्टेका थारु महिला

थारु होमस्टेका महिला अहिले अंग्रेजी सिक्नमा व्यस्त छन् । तीन वर्ष अगाडि नवलपरासीको कावासोती –१५ अमलटारी गाउँलाई थारु होमस्टेको रुपमा सञ्चालन गरेपछि यहाँका महिलामा अंग्रेजी मोह बढेको हो ।
पाहुनाको स्वागत सत्कारदेखि खाना र बासका लागि महिलालेनै बढी काम गर्ने भएकाले महिलाले अंग्रेजी सिकाउन माग गरेपछि अमलटारी थारु होमस्टेले प्रशिक्षक नियुक्त गरेर अंग्रेजी सिकाएको होमस्टेका व्यवस्थापक धनीराम गुरौले जानकारी दिए ।

‘९० दिनको सामान्य अंग्रेजी बोलचालको अभ्यास गराएका छौं’ व्यवस्थापक गुरौले भने ‘विदेशी पाहुना वर्षको ६ सयको हाराहारीमा आउँछन्, उनीहरुको लागि अंग्रेजी चाहियो त्यसैले सिकाएका हौं ।’

नेचर गाइडको रुपमा समेत काम गरिसकेका अंग्रेजी भाषामा दख्खल राख्ने धनबहादुर मर्दनियाले ३० जना थारु महिलालाई अंग्रेजी सिकाइरहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *