धनगढीमा मनाइयो भब्य गुरही [फोटो फिचर]

अबिनाश चौधरी/धनगढी।

तराईमा बसोबास गर्ने थारु समुदायले आइतवार गुरही पर्व मनाएका छन्। आफ्नो पहिलो पर्वको रुपमा गुरही धुमधामसंग मनाएका हुन्। धनगढीमा पनि सखी सञ्जाल कैलालीको आयोजनामा उल्लासपूर्वक गुरही पर्व मनाइएको छ। धनगढीको क्याम्पस चौकमा सो पर्व मनाइएको हो। हरेक वर्ष क्याम्पस चौकमा गुरही पर्व मनाइदै आएकाले सो चौकलाई गुरही चौक नामाकरण गरिएको छ।
Tharu Festice Gurahi 02आफ्नो परम्परागत भेषभूषामा सजिएका थारु बालबालिका, युवायुवती, महिला, पुरुषहरु गुरही पर्वमा निकै रमाएका थिए। पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले थारु समुदाय संस्कृतिको धनी रहेको बताए। उनले नेपालमा विविध जातीको आ–आफ्नै किसिमको मौलिक संस्कृति र पहिचान रहेको भन्दै मुलुकमा सांस्कृतिक विविधता भित्र एकता र जातिय सद्भाव कायम रहेको उल्लेख गरे।
Tharu Festice Gurahi 17उनले यस्ता संस्कृति, संस्कारले नै नेपालीलाई एकताको सूत्रमा बाँधेको चर्चा गर्दै थारु समुदायलाई पर्वको शुभकामना दिएका थिए। सोही अवसरमा थारु कल्याणकारिणी सभा कैलालीका पूर्व अध्यक्ष प्रभात कुमार चौधरीले थारु समुदायको छुट्टै संस्कृति, संस्कार रहेकाले यो समुदाय मुलुकमा आफ्नो पहिचान खोजी रहेको बताए। उनले थारुहरुको पहिचानको आन्दोलन जारी रहेको उल्लेख गरे।
Tharu Festice Gurahi 16थारु समुदायले नागपञ्चमीको दिन बेलुकीपख गुरही पर्व मनाउने गरेका छन्। यो पर्वमा महिलाहरुले कपडाको गुडीया (थारु भाषामा गुरही) बनाएर र आ–आफ्नो घरबाट ल्याएको मकै तथा केराउको भुजा फाल्ने चलन छ। उनीहरुले गुडीया र भुजा फालेपछि बालक वा पुरुषहरुले काँसबाट बनाइएको ‘सोंता’ वा केराको डाँठले गुडीयालाई ‘दे घुघ्री, दे घुघ्री’ भन्दै पिट्ने चलन छ। गुडीया फाल्ने र पिट्ने काम सकिएपछि बालिका, युवती र महिलाहरुले ल्याएको भुजा सबै बाँडीचुँडी खाने चलन छ। यहि भुजालाई थारु भाषामा ‘घुघ्री’ भन्ने गरिन्छ।
Tharu Festice Gurahi 18गुरही पर्व मनाएमा रोगव्याधी नलाग्ने, दैवीय विपत्ति हट्ने, खेतीपाती सप्रिने जस्ता जनविश्वास रहेको सखी सञ्जालका अध्यक्ष इन्दु चौधरीले बताइन्। उनले थारु समुदायले यो पर्व परापूर्वकालदेखि नै मनाउँदै आएको उल्लेख गरिन्। उनले गुरही थारु समुदायको प्रथम पर्व रहेको जानकारी दिइन्।
Tharu Festice Gurahi 03धनगढीमा मनाइएको गुरही पर्वमा गैरथारु समुदायका युवती, बालबालिका समेत थारु पोशाक लगाएर सहभागी भएका थिए। कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी, कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्ट, थारु अगुवाहरु लगायतले पनि गुरही पिटेका थिए।
गुरही पर्वमा थारु समुदायको मानिसहरुका उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा नाचगान समेत गरिएको थियो।Tharu Festice Gurahi 07

Tharu Festice Gurahi 06

Tharu Festice Gurahi 05

Tharu Festice Gurahi 04

Tharu Festice Gurahi 19

Tharu Festice Gurahi 20

Tharu Festice Gurahi 15Tharu Festice Gurahi 14

Tharu Festice Gurahi 13

Tharu Festice Gurahi 12

Tharu Festice Gurahi 11

Tharu Festive Gurahi 09

Tharu Festice Gurahi 08




Leave a Reply

Your email address will not be published. Required fields are marked *