नझुक्किनुस् गुरही पर्व साउन १ गते हैन, २३ गते हो

विभिन्न भित्ते पात्रो प्रकाशकहरुले आदिवासी थारू समुदायको चाडपर्व गलत मितिमा प्रकाशन गरेपछि थारू समुदायमा भ्रम सिर्जना भएको छ । बजारमा आएको दत्तात्रेय प्रकाशनद्वारा प्रकाशित जयश्रीराम र दुर्गा साहित्य भण्डार वाराणसीद्वारा प्रकाशित दुर्गा सजिलो पात्रोमा फरक मितिमा प्रकाशन भएपछि थारू समुदायमा भ्रम सिर्जना भएको हो ।

उक्त दुवै पात्रो अनुसार थारू समुदायको गुरही-गुरिया पर्व साउन १ गते उल्लेख गरिएको छ । तर वास्तविकता र ऐतिहासिकता अनुसार साउन २३ गुरही पर्व पर्ने थारू नागरिक समाज कैलालीले जनाएको छ ।

समाजको जिल्ला अध्यक्ष दिलबहादुर चौधरीले थारू समुदायमे गुरही पर्व नागपञ्चमीको दिन पर्ने भएको र ०७३ सालमा नागपञ्चमी पर्व तथा गुहरी पर्व साउन २३ गते पर्ने बताए ।

विना अध्ययन र हचुवाको भरमा बनाएको भित्तेपात्रोले थारू समुदायमा ठूलो भ्रम सिर्जना भएको उनले बताए । भिभिन्न भित्ते पात्रोले फैलाएको भ्रममा नपरी नाग पञ्चमीको दिन गुरही पर्व मनाउन उनले थारु समुदायलाई आग्रह समेत गरे ।

कुनै पनि समुदायको चाडपर्व गलत मितिमा उल्लेख गर्नु भनेको उक्त समुदायलाई भ्रममा पार्नु र समुदायको सांस्कृतिक अधिकारमाथि हस्तक्षेप भएको पनि उनले धारणा राखे ।

विभिन्न भित्तेपात्रोमा सावन १ गते गुरही पर्व उल्लेख गरिएपछि अन्यौलमा परेको बताउँछन् रामशिखरझालाका स्थानीय शिक्षक नेत्र चौधरी । तर फैलाइएको ती भ्रमलाई चिर्नको लागि सबै पक्ष आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने उनको भनाई छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *