रामदुलारी हत्या प्रकरणमा प्रहरी चाैकी इन्चार्जलाई कारबाही

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक प्रहरी नायव निरीक्षकसहित २५ जना प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । एक महिलाअघि दैजी चम्पापुरकी रामदुलारी राना हत्या प्रकरणमा दैजी प्रहरी चौकी इन्चार्ज करन सिंह धामीले घटनाको सूचना पाउँदा पनि लापरबनही गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई कारबाही गरेको छ ।

जेष्ठताको आधारमा खाईपाई आएका धामीलाई तल्लो स्केल घटुवा गरिएको छ । कञ्चनपुर प्रहरीले जनताको माग अनुसार काम नगरेकाले त्यसको परिमाण गलत आएको घटनाक्रमले देखाएको छ ।

रामदुलारी हत्या प्रकरणमा पीडित परिवारले दैजी प्रहरीलाई घटना भएको राति नै खबर गरेको भएपनि उनले जिम्मेबारी नदेखाउदा घटनाले गम्भीर रुप लिएको थियो ।

प्रहरीले इमेल मार्फत संचार माध्यममा पठाएको पत्रमा प्रहरी सहायक निरिक्षक धामीलाई विभागीय कारबाही गरिएको छ ।
साथै विगत ६ महिनाको अवधिमा प्रहरी आचरण विपरित काम गरेको भन्दै कञ्चनपुर प्रहरी कार्यालयले प्र.ना.नि.१, प्र.स.नि.३, प्र.ह.३ र प्र.ज.१८ गरी जम्मा २५ जना प्रहरी कर्मचारी उपर बिभागीय कारबाही गराएको जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *