प्रमोदले गाए थारू गीत

गायक प्रमोद खरेलले थारू भाषामा पहिलो गीत गाएका छन्। विनय चौधरीको शब्द र संगीत रहेको ‘टुटलमन–२’ मा खरेलले आफ्नो स्वर दिएका हुन्। दर्जनौं चर्चित गीतमा स्वर दिएका खरेलले थारू भाषामा पहिलो पटक गाउन लागेको भन्दै आफ्नो फेसबुक पेजमा समेत उल्लेख गरेका थिए । एमपी क्रियसनले बजारमा ल्याउन लागेको गीत आम स्रोतालाई मन पर्ने दाबी गीतकार विनय चौधरीले गरे।

थारू समुदायको मौलिक संस्कार भएको र थारू भाषामा लिखित गीत गाउन पाउँदा आफूलाई खुसी लागेको खरेलको भनाइ छ। पछिल्लो पुस्ताका खरेल चर्चित गायक हुन्। उनले गाएका प्राय गीत युवा पुस्ताको रोजाइको गीत हुने गरेको छ। खरेलको स्वर रहेको झुम्कावाली गीत अहिले चर्चामा छ। यसअघि विनय चौधरीकै शब्द संगीतमा ‘टुटल मन १’ गीत बजारमा आएको थियो, जसमा मीना खड्का र सुधा परियारले स्वर दिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *