मनिषाका प्रेमी आषिश चौधरीले बयानमा भने- राति ११ बजे पासो लगाएको देखेँ

प्रहरी नियन्त्रणमा रहेका मनिषाका प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीले दिएको प्रारम्भिक बयानअनुसार बुधबार वेलुकापख मनिषासँग सिमकार्डको विषयमा विवाद भएको थियो। ‘मनिषाले रुद्रनारायणसँग सिमकार्ड मागेकी रहिछन्, उसले दिन नमानेपछि दुबैजनाबीच भनाभन भएको रैछ’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने ‘केटीले पहिले झापड हानेको र बदलामा केटाले पनि झापड हनेको बयानमा छ।’

मनिषासँग विवाद पछि सामान्य हानाहान भएको झोँकमा प्रेमी रुद्रनारायणले एकबोतल बियर खाएर मनिषाको घरमा गएको प्रहरी वयानमा स्वीकारेका छन्। रुद्रनारायणले प्रहरी बयानमा बताए अनुसार मनिषा घर भित्र र आफू घर बाहिर सुतेका थिए। ‘राति ११ बजे ब्युँझेर कोठा भित्र गएर हेर्दा मनिषा पासो लगाएर झुण्डिएको देखेँ,’ रुद्रनारायणले प्रहरीमा भनेका छन् ‘हेर्दा उनको मृत्यु भैसकेको थियो, मैले पासो खोलेर खाटमा राखेँ त्यसपछि आमालाई (रुद्रनारायणको आमा) घटना सबै बताएँ।’

आमाले गल्ती छैन भने कतै नभाग्न भनेर रुद्रनारायणलाई सल्लाह दिएको प्रहरी प्रारम्भिक वयानमा बताएकी छन्। रुद्रनारायणले आफूले हत्या नगरेको प्रहरी वयानमा बताएका अनुसन्धानमा संलग्न ती अधिकारीले जानकारी दिए।
मृत अवस्थामा घर भित्र खाटमा भेटिएकी मनिषाको शव आसपासमा पासो लगाएको डोरी भने भेटिएन। पछि प्रेमी रुद्रनारायणले पासो आफूले घर छेउको कल्भर्टमा लुकाएको भन्दै पासो निकालेर प्रहरीलाई दिएका थिए। प्रहरीका अनुसार उक्त पासो समेत शवसँगै फरेन्सिक टेस्टका लागि काठमाडौं ल्याइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *