अज्ञात समूहद्वारा ड्राइभरको कन्चटमा गोली हानेर उद्योगी सुरेश केडियाको अपहरण

वीरगन्जको प्रतिष्ठित औद्योगिक घाराना केडिया समूहका एकजना उद्योगी सुरेश केडिया अपहरणमा परेका छन्। सुरेशका चालकलाई गोली हानेर उनलाई अपहरण गरिएको हो। प्रहरीका अनुसार बिहीबार साँझ करिब साढे ६ बजे बाराको बरियारपुरभन्दा पश्चिम पसाहा नदी नजिक घट्ना भएको हो। अपहरणकारीको गोली प्रहारबाट वीरगन्ज उपमाहानगरपालिका–२२ बिन्दवासनी घर भएका चालक श्यामउमेश प्रसाद साह गम्भीर घाइते भएका छन्।

अपराधीक घट्नाबाट पछिल्ला समयमा केहि राहत पाएको वीरगन्ज यो घट्नापछि फेरी आंकित बनेको छ । नम्बर नखुलेको भारतीय स्कर्पियो गाडीमा आएका अपहारणकारीले आक्रमण गरेर चालकलाई घाइते गरेर फिल्मी शैलीमा सुरेशको अपहरण गरेका हुन् ।

सुरेशका भाइ वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले नागरिकन्युजसँग् भने, ‘चाललाई गोली हानेर दाइलाई गाडिबाट थुतेर अपहरण गरिएको छ।’ कलैयाबाट गढीमाई जाने बाटोमा पर्ने पसाह खोलापारी सिसा फुटालेर मान्छेलाई थुतेर लगेको बगवनकी एकजना महिलाले देखेर हल्ला गरेकी थिइन्।

केडिया सवार बा १० च ७२४० नम्बरको कारको दुबैतर्फका झ्यालको सिसा फुटालिएको र चालक बस्ने सिट रक्ताम्य थियो। घाइतेलाई बटुवाको मोटरसाइकलमा हालेर उद्धार गरी कलैयातर्फ लगिएको थियो। कलैया अस्पतलबाट एम्बुलेन्समा चालकलाई वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पताल ल्याइएको थियो ।

‘घाइते बोल्न सकिरहेको थिएन्, हामीले कागज र लेख्ने कलम दियौं, उनले आफ्नो नाम र केडिाको चालक हुँ भनेर बताए,’ कलैया अस्पतालबाट घाइतेसंगै आएका प्रहरी जवान धिरज पटेलले भने, ‘उसले आफन्तहरुको नाम लेखेपछि खबर गर्न सजिलो भयो।’

घाइते नरायणी अस्पतालका सर्जन तिचरञ्जन साहले घाइतेको अवस्था चिन्ताजनक रहेको बताए । ‘दाहिने गालामा लागेको गाली नाकको नली हुँदै छेडेर बाँयातर्फ गएर अड्को छ, भित्र ठूलो घाउ लागेकोले अत्याधीक रक्तस्राव भएकोले घाइतेको अवस्था चिन्ताजनक देखिएको छ,’ डाक्टर साहले भने, ‘घाउ लागेको ठाउँ सुनिएर स्वास नली सुनिने खतरा पनि छ।’ उनले काठमाडौं सिशक्षण अस्पताल लैजान रेफर गरिएको बताए। घट्नामा आधुनिक हतियार र पेशेवर सुटर प्रयोग भएको देखिएको प्रहरी अनुमान छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *