सलमानले बिहे गर्ने!

सलमान खानले बिहेको बारेमा चलेका अड्कलहरुलाई थप सनसनीपूर्ण बनाएका छन्। उनले आफ्नो बिहेको बारेमा चल्ने हल्लाहरुलाई यस अघि खारेज गर्ने गर्थे तर यस पटक भने त्यसो नगरि सामाजिक सञ्जाल मार्फत बिबाहको जानकारी दिने बताएका छन्। संञ्चारमाध्यमहरुले उनले आफ्नो ५१ औं जन्म दिनको अवसर पारेर गर्लफ्रेन्ड यूलियाका साथ बिहे गर्ने जनाएका छन्।

२७ डिसेम्वर उनको जन्म दिन हो। यहि दिन उनले विबाह गर्ने बलिउडमा चर्चा छ। यदि उनले २७ डिसेम्बरमा यूलियाका साथ विहे गरे दोहोरो खुसी हुने भन्दै बलिउडमा समाचार आएका छन्। यूलियाका साथ सलमानको बिहे हुने भनेर केही हप्ता देखि समाचारहरु आइरहेका छन्। पछिल्लो समय विमानस्थल देखि सुटिङ स्पट सम्म यूलिया सलमानको साथ देखिएकी थिइन्।

प्रीति जिन्टाको रिसेप्सनमा सलमानले आफ्नो साथ यूलियालाई लिएर पुगे र साहरुख खान र अभिषेक बच्चनसँग भेट गराए त्यस पछि दुईबीचको विहेको चर्चाले पारो छुन खोज्यो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *