Nagarik Samajwadi Party Saptariराजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीले सप्तरीमा कार्यसमिति गठन गरेको छ। शुक्रबार कन्चनपुर नगरपालिकामा भएको भेलाले पूर्णप्रसाद चौधरीको संयोजकत्वमा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिमा श्यामानन्द चौधरी, कल्पना चौधरी, दीपक चौधरी, शिवजी मोची, विन्दु राम, चम्पालाल मन्डल, प्रदीप चौधरी, मुखिलाल चौधरी छन्।

त्यस्तै कार्यसमितिमा मीना चौधरी, कोमलनारायण चौधरी, रामकुमार चौधरी, सुशीला सरदार, चितनीदेवी सदाय, अरविन्द चौधरी, जानकी देवी ठाकुर, भिमलेश्वर चौधरी, अशोककुमार चौधरी, विष्णुदेवी चौधरी, गुणानन्द चौधरी, सुनिता चौधरी, काजल चौधरी, ललितनारायण चौधरी, लालबहादुर चौधरी, भुपेन्द्र चौधरी, शान्ति चौधरी छन्।

त्यस्तै दीपेन्द्र चौधरी, सहावीर चौधरी, रन्जीता चौधरी, दिजेन्द्र चौधरी, नीरकुमार चौधरी, वीरेन्द्र प्रसाद चौधरी, पुनम चौधरी, विन्देश्वर चौधरी र मन्जु चौधरी जिल्ला कार्यमसतिमा चयन भएका छन्।

पार्टीका केन्द्रीय संयोजक लेखीसहित भेलामा प्रवक्ता राज थारु, केन्द्रीय सदस्यहरु खड्कनारायण चौधरी, अनिल चौधरी, पुरन थारु,  चन्द्रकिशोर कल्याण थारु र कल्पना थारुको उपस्थिति थियो।

भेलामा संयोजक लेखीले शीर्ष नेताहरुले कालो संविधान बनाएर देश बिगारेको आरोप लगाए। उनले उनीहकै कारण समाज पनि बिग्रेको बताए। उनले विभेदमा परेकाहरु अझै विभेदमै परिरहेकाले नयाँ नेतृत्वको खाँचो रहेको बताए। अरुको मुख ताक्नुभन्दा आफैंले नेतृत्व गर्ने पालो आएको उनले बताए।

‘कालो संविधानविरुद्ध सबै जाति र समुदाय विभेदमा परेकाले राम्रो संविधान बनाउन संयुक्त र सशक्त आन्दोलनको आवश्यकता छ। नागरिक समाजवादी पार्टी विगतमा कांग्रेस, एमाले र एमाओवादीजस्तो हत्या हिंसा नमच्चाइकनै, एकथोपा रगत नबगाइकनै शान्तिपूर्ण क्रान्तिको पक्षमा छ। नागरिक समाजवादी पार्टी अब नेपाली नागरिकहरुको हक र अधिकारका निम्ति सहरमा मात्र होइन, गाउँ र झुप्रीमा गएर कालो संविधानविरुद्ध अधिकारका निम्ति अभियान चलाउनेछ,’ संयोजक लेखीले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *