स्वाथ्यमन्त्री रामजनम चौधरीको पुल्चोकस्थित स्वाटर अगाडि ड्रोन क्यामेरा खसेको छ । मंगलबार साँझ करिव ६ बजेतिर मन्त्री क्वाटर अगाडि ड्रोन क्यामेरा खसेको हो ।
उड्दै आएको ड्रोन क्यामेरा रुखमा ठोक्किएर खसेको थियो । अहिले उक्त ड्रोन क्यामेरालाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ । र, अनुसन्धान सुरु गरेको छ ।
मन्त्री क्वाटरको तस्वीर र भिडियो खिच्न ड्रोन क्यामेरा उडाएको हुन सक्ने आशंका गरिएको छ । अनुमति विना ड्रोन क्यामेरा उडाउन पाइँदैन ।
यसअघि नेपाली सेनाको मुख्यालयमा ड्रोन क्यामेरा उडाएको आरोपमा दुई चिनियाँ पत्रकार पक्राउ परेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *