Madhesi Morcha

मधेस केन्द्रित दलहरुले होली पर्व नमनाउने भएका छन् । मधेस आन्दोलनका क्रममा पाँच दर्जन बढीको मृत्यु भएको शोकमा होली पर्व नमनाउने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले घोषणा गरेको हो । मधेस केन्द्रित सात दलका नेताहरुले सोमबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संघर्षको क्रममा ५ दर्जनभन्दा बढी आन्दोलनकारीहरुको निर्मम नरसंहार गरिएको छ । घरमा शोकको यस्तो अबस्थामा होली मनाइँदैन । होलिका दहन झैं यस वर्षको होली उच्चतावादी अहंकार, बर्चस्ववाद र दानवी प्रवृत्तबिाट राज्यलाई मुक्ति देओस् ।’

विज्ञप्तिमा फोरम नेपालका मंगलसिद्धी मानन्धर, तमलोपाका वृषेश चन्द्रलाल, सदभावना पार्टीका मनिषकुमार सुमन, तमसपाका रामनरेश राय, रामसपाका केशव झा, नेपाल सदभावना पार्टीका डा. कौशलेन्द्र मिश्र र फोरम गणतान्त्रिकका परमेश कुमार साहले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा होली मनाउने सबैमा शुभकामना भने दिइएको छ । होलीपछि आन्दोलनका थप कार्यक्रम सार्बजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *