Gopal Dahit

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहितले जारी गरिएको संविधानले आदिवासी थारुको माग सम्बोधन नभएको बताएका छन्। बर्दियाको राजापुर नगर समितिको प्रथम अधिवेशनमा बोल्दै उनले अधिकार प्राप्तिका लागि सशक्त आन्दोलन गर्नुपर्ने बताए। ‘प्रतिमागी जनविरोधी संविधानले आदिवासी थारु, जनजाति, दलित मुस्लिम, मधेसी महिलाहरुको अधिकार र मुद्दालाई समूचित हिसाबले सम्बोधन गरेको छैन। त्यसैले अधिकार प्राप्तिको लागि सशक्त संघर्ष गर्दै अबको थरुहट आन्दोलनलाई निर्णायक बनाउनुपर्छ,’ दहितले भने।

त्यस्तै पार्टीका सचिव मिनराज चौधरीले जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा थरुहट स्वायत्तः प्रदेश सुनिश्चित्तता र कैलाली कञ्चनपुरलाई खण्डित गरिएकाले यसको रक्षार्थ एकजुट भई लड्नुपर्नेमा जोड दिए।

त्यस्तै थरुहट आन्दोलन बर्दियाका अभियन्ता मदन कुमार चौधरी, कोमल प्रसाद चौधरी, थरुहट तराई विद्यार्थी युनियनका केन्द्रीय सदस्य सिताराम चौधरीले आदिवासीहरुको हक अधिकारको लागि संगठित हुनुपर्नेमा जोड दिए।

लक्षीराम चौधरीको अध्यक्षतामा २३ सदस्यीय नगर समिति

पार्टीका वरिष्ठ नेता दहितको प्रमुख आतिथ्यता लठ्हवा सामुदायिक वन उपभोक्ता समूहको सभाकक्षमा सम्पन्न नगर अधिवेशनले लक्षीराम चौधरीको अध्यक्षतामा २३ सदस्यीय राजापुर नगर समिति सर्वसम्मतिले चयन गरेको छ।

समितिको उपाध्यक्ष सुरेन्द्र चौधरी, सचिवमा गोपाल बखरिया, सहसचिव मनिषा चौधरी, कोषाध्यक्ष राम बचन चौधरी छन्।

सदस्यहरुमा जनक कुमारी चौधरी, सितारानी चौधरी, विपतराम थारु, राज कुमार थारु, जुनु चौधरी, सविता चौधरी, चेतराम चौधरी, सुकनीया थारु, जनक कुमारी चौधरी, रामप्यारी थारु, जुगराम थारु, भरत थारु, मिरा चौधरी, तारा प्रसाद चौधरी, कुश्मा थारु, उदय थारु, रिसमान थारु र बनेश राम थारु छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *