rambaran yadavपूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान संशोधान मार्फत मधेसका ९० प्रतिशत माग पुरा भएको बताएका छन् । साथै उनले बाँकी मागलाई पनि राजनीतिक सहमतिमार्फत चाँडै टुङग्याउन आग्रह गरेका छन् ।
विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति यादवले सीमाकंनका विषयमा ठूला दलहरुले मधेसवादी दलहरुलाई समेत विश्वासमा लिएर समस्या समाधान गर्नुमा जोड दिए ।
अहिलेको मुख्य विवादित विषय सीमांकन भएको भन्दै उनले दलीय सहमतिमा विज्ञ सहितको आयोग गठन गरी त्यसले दिने प्रतिवेदनको आधारमा टुंग्याउदा उचित हुने उनको धारणा थियो । यस्ता प्राविधिक कुराका राजनितिक सावधान खोज्न नहुने उनको सुझाव छ र समस्या समाधान गर्न सरकार सहिशुष्णता देखाउनुपर्ने र मधेसवादी दलहरुले पनि अतिवादी सोचलाई त्यागेर लोकतान्त्रिक विधि र पद्धतिलाइ आत्मसाथ गर्नु पर्ने यादवले बताए ।

मधेसलाई छुटै राज्य बनाउने कुरा केही अतिवादी सोच भएका व्यक्तिहरुको मात्र भएको भन्दै पूर्व राष्ट्रपति यादवले मुलुकलाई विखण्डनको दिशातर्फ लैजानन नहुने बताए । उनले भने, ‘सच्चा मधेसी जनताले मधेसलाई छुटै राज्य घोषणागर्ने कुरा कल्पना समेत गर्न सक्दैनन ।’

उनले मधेस आन्दोलनको क्रममा मुलुकमा ठुलो आर्थिक एवम भौतिक क्षति भएको भन्दै आगामी दिनमा यस्ता घटना नदोर्‍याउन सरकार र मधेसवादी दल संयमित हुनु जरुरी रहेको बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *