nc adhibesen

मधेस आन्दोलनमा सहभागी भएका केही मधेसी नेताहरु कांग्रेस महाधिवेशनमा सहभागी भएका छन्। मधेस आन्दोलनका कार्यक्रममा पार्टीको नीति उल्लंघन गरेर आन्दोलनमा सहभागी भएको अरोप खेपेका नेताहरु पनि महाधिवेशनमा सहभागी भएका हुन्। कांग्रेस मधेसको हितमा रहेकोले फेरी यसैमा लागेको रौतहट क्षेत्र नम्बर ३ बाट महासमिति सदस्य बनेर अधिबेशनमा सहभागी भएका कपिलदेव यादवले बताए।

मधेस आन्दोलनको समयमा विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको जिल्ला कमिटि सदस्य छाडेर कांग्रेस महाधिवेशन प्रतिनिधि बनेका छन्। यादवका पतिपत्नी दुबैजना महासमिति सदस्य बनेका छन्।

यादवकी पत्नी कोशल्यादेवीले केन्द्रीय महिला सदस्यमा उम्मेदवारी समेत दिएको बताए। उनको यो तेश्रो पटक महाधिवेशन प्रतिनिधित्व हो।

‘दुई दशक लामो समयदेखि नेपाली कांग्रेस पार्टीमा इमान्दारितापूर्वक लागेर काम गर्दै आएका छौं, महासमिति सदस्य उनी भन्छिन् ‘मधेसको समस्या समाधान गर्ने इमान्दार पार्टी नेपाली कांग्रेसनै रहेकोले माग सम्बोधन गराउन केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुँ।’

थारु कल्याणकारी सभाका केन्द्रीय सलाहकार रामचन्द्र चौधरी रौतहट क्षेत्र नम्बर ६ बाट महासमिति सदस्य बनेर महाधिवेशनमा सहभागी छन्। मधेसी, थारु, जनजातीको समस्या समाधानमा कांग्रेस जिम्मेवार हुने उनले अपेक्षा लिएका छन्। थारु सुमुदायको माग पूरा गराउन उनले पार्टीमा निरन्तर दबाब दिने बताए।

तराइ मधेसको माग संविधानमा सम्बोधन हुनुपर्ने भन्दै मधेसवादी दलको आन्दोलनमा सहभागी भएका जय किशान बहुमुखि क्याम्पसका प्रमुख एवं रौतहट क्षेत्र नम्बर ३ बाट महासमिति सदस्य राजकिशोर यादवले महाधिवेशनमा प्रतिनिधि छन्।

अहिले आन्दोलन शान्त भएको तीनदलले मधेस समस्या समाधानकोलागि प्रतिबद्धता जनाएको भन्दै मधेसीको माग सम्बोधन हुने अपेक्षा लिएर उनी महाधिवेशनमा सहभागी छन्। उनले मधेसबाट प्रतिनिधित्व गर्ने अधिकांश महासमिति सदस्य सहभागी रहेका उनले बताए ।

नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ६ का महासमिति सदस्य देवी प्रसाद तिमल्सीनाले मधेसको हक अधिकारमा सुरुदेखीनै अवाज उठाउने पार्टी कांग्रेस रहेकोले मधेस आन्दोलनमा सहभागी भएका साथिहरु पुनः फर्केको बताए ।

महासमिति सदस्य बाहेकका पनि मधेस आन्दोलनमा सहभागी भएका अधिकांश कांग्रेस समर्थित स्थानीय नेताहरु आफ्ना प्यानलका पक्षमा राजधानीमा भोट माग्न व्यस्त छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *