Tha Ka Sa Lahan

थारु कल्याणकारिणी सभा (थाकस), प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीले अबको आन्दोलन सिंहदरबार हल्लाउने खालको हुने बताएका छन्। उनले अबको आन्दोलनले सरकार पनि ढल्ने र सारा एकाधिकारको पनि पतन हुने बताए। तीन दिने सभाको केन्द्रीय प्रशिक्षण सभाको निर्णय सार्वजनिक गर्न लहानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने- ‘अब हामीले लाखौं थारुलाई काठमाडौंमा उतारेर सिंहदरबार हल्लाउने खालको आन्दोलन गर्छौं। उक्त आन्दोलन शान्तिपूर्ण हुन्छ।

उनले एक महिनाको तयारी गरेर काठमाडौंको हरेक कुना काप्चामा प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिने बताए। उनले निरन्तर एक महिनासम्म देशभरका थारु समुदाय नुन र च्युरा खाएर भए पनि सिंहदरबार, संसद भवन र बालुवाटार घेर्ने निर्णय प्रशिक्षण सभाबाट भएको सुनाए। शान्तिपूर्ण आन्दोलनमा दमन भए प्रतिकार गर्ने उनको भनाई थियो।

उनले भने- ‘मधेसी, थारु, दलित, जनजातिलगयातका समुदायको माग अझै पूरा नभएको कुरा अन्तर्राष्ट्रिय समुदायले जानकारी पाओस् भन्ने उद्देश्यले पनि हामी काठमाडौं केन्द्रित आन्दोलन गर्न लागेका छौं।’

उनले दुईरचार नेताले आन्दोलन फिर्ता लिँदैमा आन्दोलन नतुहिने पनि बताए। उनले महागठबन्धन बनाउने पहिले पनि आह्वान गरिसकेको बताउँदै फेरि पनि आह्वान गर्न चाहेको बताए।

सभाको केन्द्रीय प्रशिक्षण विभागका प्रमुख लेखीले तीन दिने प्रशिक्षण भेला भब्यतापूर्ण सफल भएको बताए। भेलामा देश र विदेश गरी सात सय प्रतिनिधिहरु सहभागी भएको उनले बताए। ‘थारु कल्याणकारिणी सभाको इतिहासमा अहिलेसम्मै राम्रो कार्यक्रमम सम्पन्न गर्‍यौं,’ उनले भने, ‘भेलामा देश विदेशका प्रतिनिधि, महिलाको सहभागिता र व्यवस्थापनमा पनि कुनै कमजोरी हुन दिएनौं।’

भेलामा प्रध्यापक डा. कृष्ण भट्टचन, अधिवक्ता शंकर लिम्ब, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, राजनीतिक विश्लेषक सीके लाल, पूर्व राजदूत विजयकान्त कर्ण र अधिकारकारकर्मी ज्योति दनुवारले प्रशिक्षण दिएका थिए।

भेलाको व्यवस्थापन सभाको सिरहा सप्तरी र उदयपुरले गरेको थियो।

यो पनि पढ्नुस्:

संघीयतामा रुप, सार र जान केही छैन : सुरेन्द्र महताे 

नामको अगाडि राजदूत जोडिँदा पीडाबोध हुन्छ : विजयकान्त कर्ण

शंकर लिम्बुको कटाक्ष- थारू आयोग होइन, दारू आयोग बनाइएको हो 

सीके लालले भने- थारु नेताहरु भ्रममा छन्

Tha Ka Sa Press Release




Leave a Reply

Your email address will not be published. Required fields are marked *