थरुहट/थारुवान संयुक्त संघर्ष समितिले सुदूरपश्चिम महोत्सव बहिस्कार गरेको छ। कैलाली कञ्चनपुरका बहुसंख्यक समुदायको पहिचानलाई धरापमा पारेको थारु आन्दोलनको अवेज्ञा गरेको भन्दै कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव बहिष्कार गरेको हो। महोत्सवमा थारु झाँकी प्रस्तुत गर्नेलाई कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ। 

‘विभिन्न बहानामा केही संघ संस्थाले पनि पश्चगामी प्रवृतिलाई सुनियोजित रुपमा टेवा पुर्‍याइरहेको तथ्य विगतदेखि कैलालीको धनगढीमा आयोजना गरिँदै आएको महोत्सवले देखाइसकेको छ’ विज्ञप्तीमा भनिएको छ, ‘महोत्सवको पहिलो संस्करणमा कैलाली महोत्सवको नाम कैलालीलाई चिनारी गराउने सकारात्मक कुरालाई निरन्तरता नदिई नेपालको पश्चगामी राजनितिक मुद्दालाई प्रसय दिने गरी सुदूरपश्चिम महोतसव नामाकरण गरिएको छ।’
Press_Release-fill-1117x1146




Leave a Reply

Your email address will not be published. Required fields are marked *