photoव्यवस्थापिका संसदको सोमबारको पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्धसहितका ८ दलको अवरोधले स्थगित भएको छ । मोर्चाको अवरोधले संसद् बैठक मंसिर ६ गतेसम्मका लागि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै थरुहट तराई पार्टीका सांसद गोपाल दहितले नयाँ संविधानले तराई मधेस र थारुको माग सम्बोधन गर्न नसकेको बताए ।

दलितले अबिलम्ब संविधान संशोधन गर्नुपर्ने, प्रादेशिक सिमांकन नसच्याएसम्म बैठक अगाडि बढ्न नसक्ने धारणा राखेपछि असन्तुष्ट दलका सांसदहरुले नाराबाजी सुरु गरेका थिए । संविधान निर्माण प्रक्रिया छाडेर आन्दोलनमा गएका असन्तुष्ट दलका सांसदहरु संसदबाट पनि दबाब दिन भन्दै आइतबारदेखि बैठकमा आएका थिए ।

असन्तुष्ट दलले आफ्ना माग सम्बोधन नभएसम्म सदन अवरोध जारी राख्ने रणनीति बनाएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *