दाङ- थारु विद्यार्थी समाज जिल्ला कार्यसमिति दाङको अधिवेशन मंसिर २० गते हुने भएको छ। घोराहीमा बसेको कार्यसमिति बैठकले मंसिर २० गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो। समाजका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा बसेको बैठकमा ६औं केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै दाङमा पनि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।
अधिवेशनलाई भव्य तरिकाले सम्पन्न गर्न संगठन विभाग, आर्थिक विभाग, प्रचारप्रसार विभाग र महिला विभाग गठन गरिएको छ। संगठन विभागमा नविन चौधरीको संयोजकत्वमा ज्ञानेन्द्र चौधरी, अमृता चौधरी, विनोद चौधरी, भिवबहादुर चौधरी, सुमन चौधरी, रामचरण चौधरीलगायत ७ सदस्यीय समिति गठन गरेको छ।
त्यस्तै आर्थिक विभागमा मानविर चौधरीको संयोजकत्वमा ३ सदस्य समिति गठन गरेको छ। जसको सदस्यमा ज्ञानेन्द्र चौधरी, अवनप चौधरी छन्। महिला विभागमा अमृता चौधरीको संयोजकत्वमा सुस्मा चौधरी र शान्ता चौधरी सदस्य छन्।
त्यसैगरि जिल्ला अधिवेशनलई सफल बनाउन पत्रकार सुनिता चौधरीको संयोजकत्मा ३ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ। जसको सदस्यमा विनोद चौधरी र चुर्ण चौधरी छन्।
बैठकमा मंसिर १५ गतेसम्म दाङमा रहेका सबै क्याम्पस र प्लस टुमा इकाई कमिटी र क्षेत्रीय कमिटी विस्तार गर्ने निणर्य गरेको छ। अधिशेनमा करिब एक लाख खर्च हुने समाजका अध्यक्ष सन्तोष दहितले बताए।

थारु विद्यार्थी समाजको ६औं केन्द्रीय महाधिवेशन पुस १०, ११ र १२ गते चितवनमा हुनेछ।

सम्पर्क कार्यालय
थारु विद्यार्थीको जिल्ला अधिवेशनसम्मका लागि सम्पर्क कार्यालय खोलिएको छ। घोराही नगरपालिका-११ जिविस रोड कर्मचारी मिलन केन्दको अगाडि सर्म्पक कार्यलय राखिएको छ। सम्पर्क कार्यालयका लागि थारु विद्यार्थी समितको जिल्ला सदस्य र प्रचारप्रसार समितिका सदस्य सचिव विनोद चौधरीलाई कार्यालय सचिवको जिम्मेवारी दिइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *